कठजोरमा वर्षाका कारण एक घर र गोठ भत्कियोः गाईवस्तु मरे (भिडिओ)

| असार १९, २०७८ शनिबार

A A A
A A A

१९ असार, रामेछाप । लगातरको वर्षाले मन्थली नगरपालिका वडा नं २ कठजोरमा एक घर भत्किएको छ । प्राप्त जानकारी अनुसार मन्थली नगरपालिका वडा नं २ साविकको कठजोर निवासी एक बहादुर मगरको घर र गोठ पूर्ण रुपमा भत्किएको हो । 

 


वर्षाका कारण भत्किएको घर र गोठमा परि मगरको चौपाए पनि मरेका छन् । स्थानीय बालाकाजी श्रेष्ठले सामाजिक संचाजालबाट दिएको जानकारी अनुसार ५ वटा गाई वस्तु मरेका छन् । 
घर पूर्ण रुपमा भत्किएको छ । यद्यपी मानवीय क्षेती भने नभएको बताइएको छ । 

 


भत्किएको घरमा परेर मगरको घरको धनमाल समेत पुरिएर नष्ट भएको छ । अहिले पुरिएको सामाग्री स्थानीयहरुको सहयोगम निकाल्ने काम भैरहेको श्रेष्ठले उल्लेख गरे ।  
लगातार परेको पानीले जिल्लासहित देशैभरिको जनजिवन प्रभावित् भएको छ । 


जिल्लामा शनिबार बिहानदेखि नेपाल टेलिकमको इन्टरनेट तथा फोनमा समेत समस्या आएको छ । इन्टरनेट छिन्मै आउने र छिन्मै जाने, फोन नलाग्ने, समस्या भएको हुदाँ समेत थप समस्या भएको छ ।  

घटना बारे थप जानकारी आउन बाँकि छ ।

भिडिओ हेर्नुहोस्

 

https://www.youtube.com/watch?v=uZi5wWvugmU