लेदोसहितको पहिरो पन्छाएसंगै मन्थली-सेलेघाट सडक सुचारु

| असार १९, २०७८ शनिबार

तस्विर नविन घुलेजलको फेस्बुकबाट साभार
A A A
A A A

१९ असार, रामेछाप । लगातारको वर्षाका कारण लेदोसहितको पहिरो खसेर अबरुद्ध भएको मन्थली-सेलेघाट सडक सुचारु भएको छ । 

 


शनिबार (आज) बिहान लेदोसहितको पहिरो खस्दा सडक पूर्ण  रुपमा अबरुद्ध भएको थियो । दिउँसो ३ ः ३० बजे लेदो हिलो पन्छाएपछि सडक पूर्ण रुपमा दुई तर्फि संचालनमा आएको रामेछाप प्रहरीका प्रमुख डिएसपी नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार बिहान मन्थली हुदै सेलेघाट जानेबाटोमा मन्थलीको वडा नं १ कुनौरी र सेलेघाट रामेछापतर्फ दुई ठाउँ पहिरो खसेर सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । 


नेपाल प्रहरी र स्थानीय सरकारको पहलमा अहिले पहिरो पन्छाएसंगै सडक संचालनमा आएको डिएसपी ढुङ्गानाले जानकारी दिए । अहिले जिल्ला भरको अन्य सडकहरु पनि सुचारु अवस्थामा रहेको उनले बताए ।