मन्थलीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहान (भिडिओ)

| असार १९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१९ असार, रामेछाप । नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेविसंघ), तरुण दल लगाएत अन्य भातृ संगठनहरुले संयुक्त रुपमा राष्ट्रपति विधादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ता दहान गरेको छ । 

 


शनिबार साँझ ५ बजे सदरमुकाम मन्थलीमा कांग्रेस निकट भातृ संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहान गरेका हुन् ।  देवकोटा चोक मन्थलीबाट सुरु भएको राँके जुलुस सहितको पुत्ला दहान र्याली जिल्ला समन्वय समिति अगाडी पुगेर टुङ्गिएको थियो ।

 

भ्रष्टचार बढेको,संसद् विगठन गरेको, सरकारको असंवैधानिक कदम बढ्दै गएको, कोरोना रोकथाममा सरकार असफल भएको, संसद् पुःनस्थापन हुनु पर्ने भन्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीको पुत्ला दहान गरेको नेविसंघका नेताहरुले बताए । 

 

उनीहरुले नेपाली कांग्रेस जिन्दाव, ओली सरकार मुर्दावात, ओली सरकार होसियार, भ्रष्ट्रचारी सरकार होसियार, नेविसंघ जिन्दावात, तरुण दल जिन्दावात, कम्युनिष्ट सरकार होसियार, बढ्दो महंगी नियन्त्रण गर, ओली तेरो पाराले दुःख पाएसाराले, भन्दै शंखा बजाएर पुत्ला जलाएका हुन् । 

 

पुत्ला दहान कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ क्षेत्र नं २ का क्षेत्रिय सभापति उत्तम कुमार कार्कीले कोरोना महामारीको बाबजुत पनि बाध्य भएर सडकमा निस्कनु परेको बताएका छन् । उनले लामो समय चुप लागेर बसेपनि आफूहरुको मौनतालाई सरकारले गिज्याउने रुपले हेरेकाले बाध्य भएर सडकमा उत्रनु परेको जिकिर गरे । कार्कीले सरकारले आफ्ना गलत काम सुधारनाको लागि पनि चेतावनी दिए । उनले प्रधानमन्त्री र राष्ट्रपतिमा नैतिकता नरहेको ठोकुवा गरे ।

 

उनले आगामी दिनमा असंवैधानिक कदम नरोकिए नेपाली जनताले गलहत्यार निकेल्ने दाबी गरे । उनले भ्रष्टचार बढेको, नेपाली जनताको स्वास्थ्य  सुरक्षाको जिम्मेवारी लिन नसकेको भन्दै राष्ट्रपतिलाई पूर्व राष्ट्रपति रामवरण यादव संग टिउसन कक्षा लिन जना भने ।


 

https://www.youtube.com/watch?v=gQwbTPS2-BM
रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार