निरन्तरको वर्षाले एक घर भत्किदाँ बाम्तीमा दुई वटा भैसी मरे, गुप्तेश्वरमा विद्यालयको भवनमा क्षेती

| असार १९, २०७८ शनिबार

संकेतिक फोटो
A A A
A A A

१९ असार,रामेछाप । निरन्तरको वर्षाले एक घर भत्किदा उमाकुण्ड गाउँपालिकामा दुई वाट भैसी मरेका छन् । 

 


पालिकाको वडा नं २ बाम्तिभण्डारमा शुक्रबार राति परेको भिषण वर्षाले पुरानो घर भत्किदा घरभित्र बाँधिएको दुई वटा भैसी मरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार गएराति परेको वर्षाले बाम्तिका खड्क बहादुर बस्नेतको २ वटा भैसी मरेका हुन् । 


पुरानो घर निरन्तर परेको पानीले गलेर भत्किदा भैसी मरेका हुन् । 

 

त्यस्तै उमाकुण्ड गाउँपालिकाकै वडा नं ७ गुप्तेश्वमा निरन्तरको वर्षाले विद्यालय भवनमा क्षेती पुर्याएको छ ।

गुप्तेशवरको कैलश माविको भवनमा विद्यालय माथि खनिएको कच्चि सडकको ट्रयाकका कारण हिलोमाटो  सहितको लेदोले विद्यालयको भवनमा क्षेती पुर्याएको डिएसपी ढङ्गानाले बताए ।

 

उनका अनुसार विद्यालय भवनमा अहिले सामान्य क्षेती पुगेपनि उच्च जोखिम्मा परेको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार