रामेछापका दुई अस्पताललाई नेता रत्न कार्कीको पहलमा अक्सिजन उत्पादन गर्ने मेसिन हस्तान्तरण

| असार २०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२० असार,रामेछाप । नेपाली कांग्रेसका रामेछापका नेता एवं रामेछाप प्रदेस सभा सदस्य उम्मेदवार रत्न बहादुर कार्कीको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । 

 

शनिबार हङ्कङ नेपाली महासङ्घ र श्वेय एक्सन हङ्कङ् (sowers action hongkong)  को सहयोगमा मन्थली नगरपालिका वडा नं २ कठजोरस्थित् ठाटी सहरी स्वास्थ्य केन्द्र र गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको स्ववियू सचिव विमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार प्रदेश सभा सदस्यका उम्मेदवार कार्कीको पहलमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामाग्री निशुःल्क प्रदान गरिएको हो । 
पौडेलका अनुसार दुई स्वास्थ्य संस्थाहरुलाई २ लाख मूल्य पर्ने प्रती मिनेट १० लिटरका दरले अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको  (oxygen concetrator) हस्तान्तरण गरिएको हो ।

 

ती सामाग्रीहरु समाजसेवी इन्जिनियर आकाश उप्रेती र प्राविधिक सहयोगी डा.दिपेन्द्र पौडेलले सम्बन्धित स्वास्थ्य केन्द्रहरुलाई हस्तान्तरण गरेका थिए । 


विभिन्न समयमा जिल्लामा आपत विपत्मा सहयोग गर्दै आएका कार्कीको पहलमा रामेछाप जिल्ला सहित ३५ जिल्लामा २ वटाको दरले उक्त अक्सिजन उत्पादन गर्ने सक्ने उपकरण प्रदान गरेको बताइएको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार