जिल्ला खेलकुद् समितिका पूर्व अध्यक्ष श्रेष्ठको निधन

| असार २०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२० असार,रामेछाप । जिल्ला खेलकुद् विकास समिति रामेछापका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठको निधन भएको छ । 

 


आइतबार (आज) काठमाडौं कपन स्थिन श्रेष्ठकै निजी निवासमा निधन भएको बताइएको छ । अन्दाजी ५१/५२ वर्षीय श्रेष्ठ लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए ।

 

घरमा बसिरहेका बेला एक्कासी हृदय घातका कारण उनको निधन भएको स्रोतले रामेछाप टाइम्सलाई बतायो ।

 
उनको आजै पशुपति आर्यघाटमा अन्तिम दहासंस्कार गरिने तयारी गरिदै छ ।

 

अहिले श्रेष्ठको शवलाई आर्यघाट ल्याउने तयारी भैरहेको स्रोतले बतायो । लामो समय देखि काठमाडौंमा बस्दै आएका श्रेष्ठ जिल्लामा परिचित रहेका थिए । 

 

उनको निधनमा जिल्लाका विभिन्न ब्यक्तिले दुःख ब्यक्त गरेका छन् । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार