रामेछापमा निषेधाज्ञा ३१ गतेसम्म थपः अब तालिम चलाउन पाइने, सबै पसलहरु साँझ ७ बजेसम्म खुल्ने (निर्णयसहित)

| असार २१, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२१ असार, रामेछाप । रामेछाप जारी निषेधाज्ञा केही खुकुलो पार्दै थपिएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरि आगामी असार ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा थपिएको हो । 

 

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति डिसिसिएमसीको बैठकले जिल्लाभरि लागू हुने गरि निषेधाज्ञा थप गरेको हो ।

 

 

अब सबै पसल तथा होटलहरु बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने छन् । 

 

यसअघि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म  खुल्दै आएका पसलहरु अब साँझ ७ बजे सम्म खुल्ने छन् । 

 

त्यस्तै होटल तथा रेष्टुरेन्ट्हरु पनि बिहान ५ बजेदेखि ७ बजेसम्म खुल्ने छन् । 

 

त्यस्तै अति आवश्यक परे प्रशिक्षण तथा तालिम, गोष्टि २५ जनाको उपस्थितिमा संचालन गर्न पाइने निर्णयमा उल्लेख छ । 

 के -के गर्न पाइन्छ हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार