प्रदेश १ मा भीषण वर्षाको सम्भावना‚ यस्तो छ अन्य प्रदेशको मौसम

| असार २२, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

२२ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

 

मनसुनी  वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक  मनसुनी न्यून चापीय रेखा रहेकाले मंगलबार बिहान प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही देशका बांकी भूभागहरूको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

यस्तै, राति देशका अधिकांश भू–भागहरूमा मौसम बदली रही प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार