खिम्ती खोलामा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

| असार २२, २०७८ मंगलबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

२२ असार, रामेछाप । अबैधानिक रुपमा खिम्ती खोलामा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ परेका छन् ।

 

मंगलबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ८ का २५ वर्षीय सुनिल माझी, सोही ठाउँका ४० वर्षीय शेर बहादुर माझी, ३६ वर्षका ससेर बहादुर माझी, २३ वर्षीय बिष्णु माझी, ३० वर्षीय मिलन माझी छन् । 

त्यस्तै ४०  चर्षीय सन्त माझी, ३० वर्षीय नविन माझी, १९ वर्षीय विपन माझी र २५ वर्षीय राजकुमार माझी पनि पक्राउ परेका छन् । 

 

उनीहरुले मंगलबार  जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ स्थित खिम्ती खोलामा अबैध रुपमा  करेन्ट लगाएर माछा मारेका थिए ।

 

उनीहरुलाई खिम्ती प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग गरिएको ब्याट्री दुई थान, टांगा दुई थान, जाल पाँच थान, र १२.५ केजी माछा समेत बरामत गरिएको छ । 


पक्राउ परेका ९ जनालाई जलचर संरक्षण ऐन २०१७ अनुसार आवस्यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय रामेछापमा उपस्थित गराईएको जानकारी दिएको छ ।