रामेछापमा आजदेखि सबै सवारी चल्ने

| असार २३, २०७८ बुधबार

फाइल फोटो मन्थली बसपार्क, रामेछाप
A A A
A A A

२३ असार, रामेछाप । रामेछाप जिल्लामा आजदेखि सबै सवारी साधन संचालन हुने भएका छन् । करिव डेढ महिनादेखि बन्द सवारी साधन आजदेखि जिल्लाभित्र मात्रै संचालन हुने गरि खुल्न लागेका हुन् । 

 


जिल्लामा गत वैशाख १३ गतेदेखि कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिवृ गतिमा फैलिएको भन्दै पूर्ण रुपमा लकडाउन गरिएसंगै सबै सवारी साधान पूर्ण रुपमा बन्द गरिएको थियो । करिव डेढ महिनाको अबदिमा संक्रमण दर केही कम हुदै गएसंगै जिल्लामा सबै सवारी संचालन गर्ने दिने निर्णय गरिएको हो । 


गत सोमबार जिल्ला प्रशासनमा बसेको कोरोना रोकथाम तथा व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले गएराति १२ बजेदेखि लागू हुने गरि जिल्ला भित्र सार्वजनिक तथा निजी सवारी संचालनको अनुमति दिएको हो । तर, सवारी संचालन गर्दा सबै स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नु पर्ने छ ।

 

अन्था सवारी संचालनमा रोक लगाउन सक्ने प्रशासनको निर्णयमा उल्लेख गरिएको छ । त्यस्तै अति आवश्यक काम परेका जिल्ला प्रशासनको अनुमति लिएर अन्य जिल्लामा पनि सवारी जान सकिने व्यवस्था गरिएको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार