रामेछापमा डेढ महिना लामो निषेधाज्ञा आजदेखि खुकुलोः सबै पसल खुल्ने, तालिम संचालन गर्ने पनि पाइने

| असार २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ असार, रामेछाप । रामेछाप जिल्लामा आजदेखि सबै पसलहरु खुल्ने समय थप गरिएको छ । यसअघि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुल्दै आएका थिए पसलहरु आजदेखि बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने छन् । 

 


गत वैशाख १३ गते यता पटक पटक थप गरिदै खुकुलो पार्दै आएको जारी लकडाउन गएरातिदेखि केही थप खुकुलो पारिएको छ । योसंगै जिल्लाको जनजिवन केही सहज बन्ने अपेक्षा गरिएको छ । 

 

आजदेखि सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुले २५ जनाको उपस्थितिमा तालिमहरु, गोष्टि, भेला, छलफल गर्न पाउने छन् । 


त्यस्तै होटल तथा रेष्टुरेन्टहरु पनि साँझ ७ बजेसम्म खुल्न पाउने छन् । तर सबै स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने छ । 


त्यस्तै जिल्लामा जारी लकडाउन पनि गएरातिदेखि लागू हुने गरि आगामी ३१ असार सम्म थप गरिएको छ । 


पछिल्लो पकट थप गरिएको निषेधाज्ञा गएरातिदेखि सकिएको छ ।

 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार