तामाकोशी नदीसहितका नदीमा पानीको सतह बढ्न सक्ने

| असार २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ असार, रामेछाप । मनसुन फेरि सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । 

 

अबको दुई तीन दिन नै ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । योसँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ। 

 

आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।

सूचना पढ्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार