दोरम्बा शैलुङका किसानलाई ७५ प्रतिशत अनुदानमा कागतीका विरुवा प्रदान

| असार २४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२४ असार,रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकाले कागतीको विरुवा वितरण गरेको छ । 

 


बुधबार पालिकाले, पालिकाभित्र संचालित युवा कल्ब, र किसानको साझेदारीमा कागतीका बिरुवा वितरण गरेको प्रगतिशील युवा समाजका कोषाध्यक्ष शुशिल चौलागाईले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार दोरम्बा शैलुङ् गाउँपालिकाको ५० प्रतिशत, प्रगतिशिल युवा समाजको २५ प्रतिशत र किसानको २५ प्रतिशत लगातमा विरुवा खरिद गरीको हो । 


यसरी किसानको २५ प्रतिशत, पालिका र प्रगतिशिल युवा समाजको ७५ प्रतिशत लागतमा विरुवा हस्तान्तरण गरिएको हो । किसानले ७५ प्रतिशत न्युनतम लागतमै विरुवा पाएका हुन् । 

 


खरिद गरिएका कागतीका विरुवाहरु आज किसान, प्रगतिशिल युवा समाजका सम्पूर्ण सदस्यहरुलाई हस्तान्तरण गरिने उनले बताए । प्रगतिशिल युवा समाजले सामाजिक काम गर्दै आएको छ ।