बागमतीसहित तीन प्रदेशमा भिषण वर्षाको सम्भावनाः तीन दिनको मौसम यस्तो !

| असार २४, २०७८ बिहिबार

संकेतिक फोटो
A A A
A A A

२४ असार,रामेछाप । आज प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा तथा सुदूरपश्चिम  प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

 

प्रदेश १, २,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको  छ । भारी बर्षाका कारण यी प्रदेशका पहाडी भू-भागमा पहिरो तथा बढीको सम्भावना रहेको छ । हाल देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ ।

 

अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।


मौसम सम्बन्धि बुलेटिन् जारी गर्दै महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख गरेको छ । प्रदेश  १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । आज बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । भने लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । 
महाशाखाले शुक्रबार भोली देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

भोली प्रदेश १,  बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ  । 


त्यस्तै शनिबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार प्रदेश १,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार