काभ्रेबाट अबैध रुपमा ल्याउदै गरेको डिजेल र गिट्टीसहित रामेछापका दुई मिनी ट्रक सिन्धुली प्रहरीको नियन्त्रणमा

| असार २४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२४ असार,रामेछाप । काभ्रेपलाञ्चोकबाट राजश्व छलि अबैध रुपमा रामेछाप ल्याउदै गरेको डिजेल र गिट्टीसहित दुई वटा आइरचर गाडी प्रहरीले लिएको छ । 

 

बुधबार काभ्रेपलाञ्चोकबाट रामेछाप तर्फ आउदै गरेको बा ४ ख १३२६ र बा ४ ख १७२३ नम्बरको मिनी ट्रकमा ४ वटा ड्रममा रहेको अन्दजी ८ सय लिटर डिजल र अन्दाजी २।५ घनमिटर गिट्टी बिना भ्याट बिलसहित फेला परेको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ । 


अबैध रुपमा ढुवानी भैरहेका ती  सामाग्री सहित मिनी ट्रकका चालक पनि प्रहरीको नियन्त्रणमा परेका छन् ।

 

नियन्त्रणमा पर्नेमा रामेछाप सुनापति गाउँपालिका वडा नं २ का २३ वर्षीय बिनायक योञ्जन, सोही ठाउँका ५० वर्षीय प्रेम बहादुर थापा मगर र काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा  नं ९ का ४४ वर्षीय गंगा बहादुर तामाङ रहेका छन् ।

 

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार