आज निको हुने भन्दा संक्रमित धेरै

| असार २४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२४ असार, रामेछाप । २४ घण्टामा नेपालमा एक हजार ८७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 

योसहित नेपालमा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ५१ हजार तीन सय ८० जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ४१ हजार चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

 

२४ घण्टामा एक हजार २८६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । 

 

नेपालमा अहिले कोरोना निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ । सङ्क्रमणका कारण थप २९ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ३२० पुगेको छ । 

 

अहिले नेपालमा २७ हजार एक सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार