एमाले कार्यदल बैठक बस्दै

| असार २५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२५ असार, काठमाडौं । नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको बैठक आज पनि बस्दैछ ।

 

आज बस्ने बैठकमा सहमतीको खाका कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरिएको छ । हिजो दुई पटक बसेको बैठक विना निष्कर्ष स्थगित भएको थियो ।

 

अर्थ मन्त्रालयमा हिजो साँझ बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएपछि एजेण्डामा प्रवेश नै नगरि सकिएको हो । थप गृहकार्य गर्ने भन्दै आज बस्ने गरि बैठक स्थगित भएको कार्यदलका सदस्यहरुले बताए । 

 

हिजोको बैठकले सहमतिको खाकामा कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरेको भएपनि गृहकार्य नपुगेको कार्यदल सदस्य घनश्याम भूसाल र सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

 

यसअघि हिजो दिउँसो पनि कार्यदलको पहिलो बैठक बसेको थियो ।