प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक बाढी प्रभावित् क्षेत्र अवलोकनमा आउदै

| असार २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२६ असार, रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक बाढी प्रभावित् क्षेत्र आउने भएका छन् । 

 

बिहान १० : ३० बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री ओलीले गत असार १ गते गएको भिषण बाढी प्रभावित् क्षत्रको अवलोकन गर्ने कार्यतालिका रहेको बताइएको छ । 

 

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षत्रमा हेलिकप्टरबाट अवलोकन गर्ने बताइएको  छ । 

 

त्यस्तै त्यहाँका स्थानीय जनप्रतिनिधिसंग पनि अन्तरक्रिया कार्यक्रम रहेको बताइएको छ । 

 

सिन्धुपाल्चोकमा गत असार आएको बाढी र पहिरोमा परि २४ जनाको मृत्यु भएको थियो । केही  अझै बेपत्ता छन् ।