काठमाडौंबाट मन्थली यात्रु लिएर आउदाँ दोब्बर भाडा असूलने अरनिको बसलाई कारबाहीः यात्रुको पैसा फिर्ता

| असार २६, २०७८ शनिबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

२५ असार,रामेछाप । यात्रुसंग मनलाग्दी भाडा असूलने यात्रुबहाक अरनिको बसलाई कारबाही गरिएको छ ।

 

काठमाडौंबाट यात्रु लिएर मन्थली आउदै गरेको बसलाई कारबाही गरिएको हो । शनिबार बा ५ ख २९५ नम्बरको अरनिको बसले यात्रुसंग लाग्दो भाडाभन्दा दोब्बर भाडा असूलेको थियो । 
 बसले काठमाडौंबाट ८ जना यात्रु र सिन्धुलीबा एक जना गरि ९ जना यात्रु लिएर आएको थियो । 


काठमाडौंबाट मन्थली सम्म ५ सय रुपैयाँको भाडा रहेकोमा उक्त बसले एक हजार रुपैयाँ भाडा लिएको यात्रुले बताए । जबकि मन्थली-काठमाडौंको भाडा ५ सय मात्र हो । 


त्यस्तै सिन्धुलीबाट मन्थलीसम्म आएका ८० रुपैयाँ भाडा लाग्नेमा एक सय रुपैयाँ असूलेको थियो । 


प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यात्रुहरुबाट लिएको बढी भाडा यात्रुहरुलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।