अपडेटः रामेछापको खोल्मा गाउँमा ट्याक्टर दुर्घटनाका घाइते दुईलाई काठमाडौं पठाइयो

| असार २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२६ असार,रामेछाप । रामेछापको रामेछाप नगरपालिका १ गोगने खोल्मा गाउँमा आज बिहान ट्याक्टर दुर्घटनामा परेका दुई जनालाई काठमाडौं पठाइएको छ । 


शनिबार बिहान १० ३० बेजको समयमा मन्थलीबाट गोठगांउतर्फ खाद्यन्न सामान लोड गरी गइरहेको ना.६ त.५७१५ नं.को ट्याक्टर दुर्घटनामा परेको थियो । 

 


दुर्घटनामा परि ट्याक्टरका चालक मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका अन्दाजी २४ वर्षीय डम्बर नेपाली र सहचालक मन्थली नगरपालिका वडा २ शिरुवारीका अन्दाजी १८ वर्षीय बिपन नेपाली घाइते भएका थिए । 

सम्बन्धित समाचार-रामेछापको खोल्मा गाउँमा ट्याक्टर दुर्घटनाः दुई घाइतेलाई मन्थली ल्याइदै


दुर्घटनामा परि चालक नेपालीको दाहिने नलि खुट्टाको नसा काटेको छ भने सहचालकको आंखाको डिलमा चोट  र दाहिने हातको पातोको हड्डी चर्केको पुष्टि भएको थियो ।

 

उनीहरुको तामाकोशी अस्पतामा सामान्य उपचारपछि काठमाडौमा पठाइएको हो ।