रामेछाप नगरपालिकाका तीन विद्यालयका खेलाडीहरुलाई जर्सी वितरण

| असार २६, २०७८ शनिबार

फाइल फोटो बद्री नयाँघरेबाट प्राप्त
A A A
A A A

२६ असार, रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ का विद्यार्थीहरुलाई खेल सामाग्री प्रदान गरिएको छ । 

शनिबार रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरले तीन विद्यालयका विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामा आवश्यक जर्सी प्रदान गरिका छन् । 

शारदा संस्कृत मा.वि बावियाखर्कका छात्रछात्रा तथा रामेछापको डुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर जर्सि प्रदान गरेका छन् । उनले शनिबार एक समारोहकाबीच रामेछाप नगरपालीका वडा नं ८ का समाजसेवी राम प्रसाद घिमिरेले प्रदान गरेका हुन् । 


रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको हातबाट रामेछापको डुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर र छात्र छात्राका लागि २० जोर जर्सि प्रदान गरे  ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोेल्दै नगर प्रमुख थाापा मगरले नगरपालिकाले पनि खेलकुदको विकासलाई प्राथमिकताका साथ अगाडि बढाईरहेको बेला समाजसेवी घिमिरेले खेलाडीहरुका लागि गरेको योगदान प्रति आभार प्रकट गरे ।


कार्यक्रमका अवसरमा घिमिरेले स्वास्थयका लागि खेल र युवाका लागि खेल आवश्यक रहेको र त्यसको प्रवद्र्धन गर्नका लागि आफुले  विद्यालयका छात्र छात्राका लागि र आफना वडाका युवाहरुका लागी जर्सि वितरण गरेको र यो अभियानलाई आफुले निरन्तरता दिंदै जाने पनि  बताए । 


वडा नं ८ का वडाध्यक्ष केदार कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरे,विद्यालयका प्रधनध्यापक नारायण प्रसाद घिमिरे लगायतले घिमिरेले गरेको कामको प्रशंसा गर्दे यो अभियानलाई उनले अन्य वडा र विद्यालय हरुमा समेत विस्तार गर्न सुझाव दिए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार