माधव नेपाललाई भेट्न 'प्रचण्ड' कोटेश्वर निवास पुगे

| असार २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२६ असार,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगेका छन् । 

 


कोटेश्वर पुगेर प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

 

नेता नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम  छन् । 

 

आज भएको भेटमा प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

नेपालको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट स्वकीय सचिव गोतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।