यात्रुसंग दोब्बर-तेब्बर भाडा लिने अरनिको बस रामेछापमा ठाउँको ठाउँ कारबाहीमाः असूलेको पैसा फिर्ता, गाडीलाई जरिवाना

| असार २७, २०७८ आइतबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

२७ असार,रामेछाप । यात्रुसंग मन लाग्दी भाडा असूली यात्रुलाई सास्ती दिने सवारीसाधन जिल्लामा ठाउँको-ठाउँ कारबाहीमन पर्न थालेमा छन् । शनिबार काठमाडौबाट यात्रु लिएर मन्थली आएको अरनिको बस पछिल्लो पकट खुकुलो लकडाउनमा कारबाहीमा परेको थियो । 

त्यस्तै आइतबार एकै दिन तीन वटा अरनिको बसनै कारबाहीमा परेका हुन् ।
प्रचलित भाडादर भन्दा बढी भाडा असूल्दै ती बसहरुले यात्रुलाई सास्ती पारेका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त टोलीले नियमित चेकजांच गर्ने क्रममा प्रचलित भाडादर भन्दा बढी भाडा लिएको पाईएकोले कारबाही गरिएको जनाएको छ । बढी भाडा असूल्नेमा खुर्कोटबाट मन्थली चल्ने १.बा.५ ख.८६८५ नंम्बरको अरनिको  बस,  रामेछापकै  गोठगाउँबाट मन्थलीसम्म चल्ने २.बा.५ ख.५८१७ नंबरको अरनिको बस रहेका छन् । 


त्यस्तै काठमाण्डौबाट मन्थली हुदै जिल्लाको गोकुलगंगा गाउँपालिकाको रस्नालु सम्म यात्रु लगेको बसले दोब्बर भाडा लिएको पुष्टि भएकाले रकम फिर्ता गर्न लगाएक प्रहरीले जनाएको छ । प्रदेश नं ३.प्र.-३-०२-००६ ख.०६०४ नं.को अरनिको बसले काठमाडौंबाट मन्थली आएका यात्रुसंग बसले तेब्बर भाडा आसूलेको पाइएको छ । सबले प्रचलित भाडादर रु ५ सय रहेकोमा २ जना यात्रुबाट रु १५ सय लिएकोले थियो । उनीहरुलाई ५ सय रुपैयाँ फिर्ता गरिएको छ । तर, काठमाडौं मन्थली भाडा ५ सय रुपैयाँ मात्रै लिइदै आइएको छ । 

सोही बसले काठमाण्डौबाट तिल्पुङ सम्मको प्रचलित भाडादर रु ६ सय रहेकोमा एक जना यात्रुसंग दुई सय बढी भाडा असूलेको थियो । उक्त बसले ८ सय भाडा लिएको बताइएको छ । दुई सय यात्रुलाई फिर्ता गरेको छ । 

 

त्यस्तै सही बसले काठमाण्डौबाट रस्नालु सम्मको प्रचलित भाडादर रु ७ सय रहेकोमा एक जना यात्रुबाट दोब्बर भाडा लिएको छ । उक्त यात्रुसंग १५ सय भाडा असूलेको थियो । ती यात्रुको रु ८ सय रुपैयाँ फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछाले जनाएको छ । 

 

त्यस्तै खुर्कोटबाट मन्थलीको प्रचलित भाडादर रु ८० रुपैयाँ मात्रै रहेकोमा रु २ सय रुपैयाँ लिएकोमा रु १ सय २०फिर्ता गरेको  प्रहरीले जनाएको छ । 

त्यस्तै गोठगांउबाट मन्थली सम्मको प्रचलित  भाडादर रु १ सय ५० रहेकोमा २ जना यात्रुबाट रु ६ सय लिएकोले रु ३ सय फिर्ता गरेको प्रहरीले जनाएको छ । 

 

यात्रुसंग दोब्बर तेब्बर भाडा लिने सो बसहरुलाई प्रचलित नियम अनुसार अधिकतम ट्राफिक जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार