रामेछापमा एमालेका दुई समूहको आ-आफ्नै अडान : ओली समूहको भोली भेला, नेपाल पक्षका अध्यक्षद्वरा बहिस्कार
एमालेको झगडा उत्कर्षमा
सोमबार हुने कार्यक्रमको ब्यानर/आह्वन पत्र
चैत २९,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले ओली समूहले भोली रामेछापको मन्थलीमा जिल्ला संगठन कमिटीले बृहत भेलाको आयोजना गरेको छ । ओली समूह एमाले पक्षले सोमबारको लागि स्थानीय तहका कार्यपालिका सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्य, प्रदेश सभाका सांसद, नेकपा एमालेका सचिवालय सदस्य र पालिकाका पदाधिकारिहरुलाई आफूहरु आधिकारीक एमाले भएको दाबी सहित भेलामा आउन सो समूहले निमन्त्रणा पठाएको छ । भेला बृहत गर्ने तयारी गरेको सो समूहको भनाई छ ।
यसैबीच एमाले मधाव नेपाल पक्षका, जिल्लाका नेता कार्यकर्ताले भने भोली (सोमबार) कुनै भेला नरहेको एक पत्र जारी गरेको छ । पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा भोली ३० गते चैतको दिन आफ्नो पार्टी एमालेको भेला नभएको जानकारी गराइन्छ पत्रमा उल्लेख छ ।

