बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन् गर्ने

| असार २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुअधि देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

 

ओलीले  आज २:०० बजे  सिंहदरबारबाट सम्बाेधन गर्ने थापाले जानकारी दिए ।

थापाले उक्त सम्बाेधन नेपाल टेलिभिजन,रेडियाे नेपाललगायत सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारणकाे व्यवस्था मिलाइएको जानकारी दिए । 

 

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।


नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ। तर बैठक बस्ने नबस्ने अहिलेसम्म एकिन भएको छैन।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार