'आफू नेतृत्वको सरकार ऐतिहासिक सफल सरकार ओली' (भिडिओ)

| असार २९, २०७८ मंगलबार

A A A
A A A

२९ असार,काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल सरकार भएको दाबी गरेका छन् । उनले "भने मेरो सरकार एतिहासिक सफल सरकार, यो सरकारले ऐतिहासिक कामहरु गरेको छ ।"

 

बालुवाटार छाड्नुअघि देशवासिको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले आफ्नो सरकारलाई ऐतिहासिक सफल सरकार बनाएको भन्दै सबैलाई धन्वाद् पनि दिए ।

 

उनले भने "यो सरकारलाई सहयोग गर्ने आम नेपाली, स्वादेश तथा विदेशमा रहेका नेपाली, मित्रराष्ट्रहरु, राष्ट्र प्रमुख,कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक सबैलाई धन्वाद् ।"

 

उनले आफ्ना पार्टीका कार्याकर्ताहरुलाई मनोवल उच्च बनाएर जनताको सेवामा निरन्तर खट्न समेत आह्वन गरे ।

 

उनले सबै पार्टीका युवा कार्याकर्ताहरुलाई पनि देशको विकासमा खट्ना भने । "यो देश युवाशक्तिको हो बसै युवाहरु एक भएर जनताको सेवामा लग्नम आह्वन गर्दै छु ओलीले भने । 
उनले देश र जनताको लागि प्रतिपक्षितमा बसेरै पनि सेवा नितन्तर गर्ने बताए । 

भिडियो हेर्नुहोस्