संविधानको धारा-उपधारानै उल्लेख नगरी देउवालाई प्रधानमन्त्री पदमा नियुक्त ! (विज्ञप्तिसहित)

| असार २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारनै उल्लेख नगरी प्रधानमन्त्री पदमा नियुक्त गरेको छ ।

 

मंगलबार देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गरेको विज्ञप्तिमा संविधानको धारा, उपधारा केही उल्लेख गरिएको छैन् । 


सर्वोच्च अदालत, संवैधानिक इजलासको असार २८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ राष्ट्रपतिका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

सोमबार संसद् पुनःस्थापना गरि देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।