लुभुघाटबाट ३५ के.जी बढी बुद्दचितको दानासहित पाँच जना पक्राउ

| असार २९, २०७८ मंगलबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

२९ असार, रामेछाप । अबैध ३५ केजी ६४ ग्राम बुद्दचित्तको दानासहित पाँच जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका वडा नं ९ बस्ने ३८ वर्षीय दुप्सन थोकर, सोही ठाउँका ३१ वर्षीय धिरज तामाङ, ३५ वर्षीय रविन लामा, र २८ वर्षीय जगत तामाङ छन् । 


उनीहरुलाई रामेछापको सुनापति गाउँपालिकाबाट सिन्धुली जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी लुभुघाटको संयुक्त टोलिले नियमित चेकजाँच गर्ने क्रममा गत आइतबार लुभुघाटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

उनीहरु २ वटा मोटरसाइकलमा अबैध रुपमा बुद्दचित्तको दाना लिएर हिडेका थिए  । उनीहरुको साथबाट १५ के.जी १४ ग्राम  बुद्वचित्तको दाना, दुई वटा मोटरसाइकल बरामत गरेको छ । 


त्यस्तै आज काभ्रेको तेमाल गाउँपालिकाबाट सोही ठाउँको वडा नं ९ बस्ने ६० वर्षीय दमाईसिंह तामाङलाई पनि रामेछाप हुदै काठमाण्डौ लाँदै गरेको २० के.जी ५०० ग्राम बुद्वचित्तको दानासहित पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ ।

 

पक्राउ गरिएका पाँचै जनालाई २ वटा मोटरसाइकलसहित आवश्यक  कारबाहीको लागि जिल्ला बन कार्यालय रामेछापमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । ।