देउवाले शपथ लिन मानेनन्, नियुक्ति सच्याउनुपर्ने अडान, पूर्वप्रधानमन्त्रीसहित छलफलमा

| असार २९, २०७८ मंगलबार

शपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्बिरः रोशन सापकोटा/रासस
A A A
A A A

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गर्नु भएको छ । 

 

संविधानको धारा उपधारा उल्लेख नगरिएको भन्दै देउवाले पाँचौ पकट प्रधानमन्त्री बन्दै गर्दा निर्णय नसच्याएसम्म शपथ नलिने अडान राखेका हुन् । 

 

देउवाले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी  उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् । 

 

तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।

 

शपथलाई लिएर विवाद भएपछि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता देवप्रसाद गुरुङ छलफलमा रहेका छन् । उनीहरूले शपथ ग्रहणको विषयमा उत्पन्न विवाद समाधानबारे छलफल गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्- संविधानको धारा-उपधारानै उल्लेख नगरी देउवालाई प्रधानमन्त्री पदमा नियुक्त ! (विज्ञप्तिसहित)