नवनियुक्त चार मन्त्रीले लिए शपथ (भिडियोसहित)

| असार २९, २०७८ मंगलबार

A A A
A A A

२९ असार, काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनियताको खाएका छन् । 

 

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका थिए । देउवाले शपथ खाएसंगै मन्त्रीहरुले पनि राष्ट्रपति भण्डारीद्वरा सपथ खाएका हुन् । 

 

शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

 

त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् ।

भिडियो हेर्नुहोस्