प्रधानमन्त्री देउवाले कुन कुन मन्त्रालय राखे ? (नामावाली)

| असार ३०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

३० असार ,काठमाडौं । मंगलबार नियुक्त भएका चार मन्त्रीहरुले शपथ लिएका छन् । कांग्रेसबाट बालकृष्ण खाँण गृह मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की   मन्त्री  कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । 


त्यस्तै नेकपा माओवादीबाट जनार्दन शर्मा अर्थ मन्त्री बनेका छन् । 


त्यस्तै नेकपा माओवादी केन्द्रबाटै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल बन्नुभएको छ । मन्त्री    


हिजो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ पनि लिसकेका छन् । सोही अवसरमा नवनियुक्त मन्त्रीहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेखछ । 


राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन समेत गरिएको हो । जसमा प्रधानमन्त्री देउवाले   उद्योग, वाणिज्य तथा आपूर्ति,  कृषि तथा पशुपन्छी विकास, खानेपानी,  परराष्ट्र, भूमि व्यवस्था,  सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा,  वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीाय मामिला तथा सामान्य प्रशासन,  सञ्चार तथा सूचना प्रविधि,  सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या् मन्त्रालय आफैले राखेका छन् ।