नेपाली सेनामा कार्यरत रामेछापका तामाङले आफैले गाेली हानी ज्यान गुमाए

| असार ३०, २०७८ बुधबार

संकेतिक फोटो फाइल
A A A
A A A

रामेछाप । नेपाली सेनामा कार्यरत रामेछापका एक किशोरले आफैलाई गाेली हानी ज्यान गुमाएका छन् । 


जिल्लाको लिखु गाउँपालिका वडा नं ५ घर भएका अमिर तामाङले बुधबार बिहान आफैले आफैलाई गाेली हानेर आत्महत्या गरेका हुन् । 

 

उनी हाल आफ्ना बुवासँगै महोत्तरीमा बस्दै आएका थिए । बाबुसंग बस्दै आएका जवानले आफैँलाई गोली प्रहार  महाेत्तरी प्रहरीले जनाएको छ । उनका बुबा पनि नेपाली सेना हुन् । २३ वर्षीय सैनिक जवान तामाङ जलेश्वर नगरपालिका- ९ स्थित रणभिम गण पर्कौली ब्यारेकमा कार्यरत्त थिए ।  तामाङले ५.५ मिनि इन्सास हतियारबाट आफ्नै दाँया कन्चटमा गोलि प्रहार गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

 

अमिरले बुधबार बिहान पौने ६ बजे आफैंलाई गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक अमिरका बुवा सोमबबहादुर सोहि गणमा पेरीमिटर पोष्टमा डिउटीमा रहेका बेला तामाङले आफैँलाई गोली हानेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली घटनास्टोलि पुगेको छ। तमाङले आत्महत्या गर्नुको कारण खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।