रामेछापमा लकडान खुकुलो पारेर एक हप्ता थपः लामो दूरीका सवारी चल्ने, शैलुन्, ब्युटिपार्लर पनि खुल्ने

| असार ३०, २०७८ बुधबार

संकेतिक फोटो
A A A
A A A

रामेछाप । रामेछापमा जारी निषेधाज्ञा फेरी खुकुलो पार्दै एक हप्ता थप गरिएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोली ३१ गतेराति १२ बजेदेखि सकिदै छ । 


बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा कोरोना रोकथाम तथा ब्यवस्थापन समिति ९डिसिसिएमसी० को बैठकले जारी निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छलफलमा सहभागी एकले रामेछाप टाइम्सलाई बताए । उनका अनुसार आगामी साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । तर यो पटकको लकडाउनमा सवारीसाधान निर्वाध रुपमा चल्ने छन् ।

 

स्रोतका अनुसार जिल्लाको जनजिवन सामान्य बन्ने तरिकाले निषेधाज्ञा खुला गरिएको छ । भने लामो दूरीका सवारीसाधानलाई पनि जिल्लाबाट बाहिरिन दिने निर्णय गरिएको छ । 
त्यस्तै हाल बन्द रहेका शैलुन्, ब्युटिपार्लरहरु पनि खुल्ने छन् । 


पसल खुल्ने समय भने बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै कायम गरिएको छ । यो हालको समयनै कायम गरिएको हो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार