रामेछापबाट लामो दूरीका सावारी चल्न दिने

| असार ३०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

३० असार । रामेछाप । रामेछापमा सार्वजनिक सवारी साधन खुल्ला रुपमा चल्न दिइने भएको छ । 


बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा कोरोना रोकथाम तथा ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जजारी निषेधाज्ञालाई हदै सम्म खुकुलो पार्दै जिल्ला बाहिर पनि जान चहाने सवारीलाई रोक्छेक नगर्ने निर्णय गरेको स्रोतले बताए । 

 

जिल्लाबाट जहाँ जानेभए पनि जानदिने तर बाहिरी अन्य जिल्लाहरुले रोक्छेक गरेमा सोही परिस्थिति अनुसार अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ । 

 

निषेधाज्ञा थप एक साता लम्बाइएको छ । 


हाल जिल्ला भरिमात्रै सवारी संचालन् हुदै आएका छन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार