साउन १ गतेदेखि रामेछापमा कस्तो लकडाउन ? के के गर्न पाइन्छ (पूर्णपाठ)

| असार ३०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

रामेछाप । रामेछापमा जारी निषेधाज्ञा साउन ७ गतेसम्म थपिएको छ । केही थप खुकुलो पारेर भोली राति १२ बजेदेखि लागू हुने गरि साउन ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ । 
पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोली ३१ गतेराति १२ बजेदेखि सकिदै छ । 


बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा कोरोना रोकथाम तथा ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जारी निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको प्रशासनको निर्णयमा उल्लेख छ । तर यो पटकको लकडाउनमा सवारीसाधान निर्वाध रुपमा चल्ने छन् ।

 

यो पटकदेखि हाल बन्द रहेका शैलुन्, ब्युटिपार्लरहरु पनि खुल्ने छन् । 


पसल खुल्ने समय भने बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै कायम गरिएको छ । यो हालको समयनै कायम गरिएको हो । 

पूर्णपाठ

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार