रामेछाप नगर कमिटीका सल्लाहकार थापा मगरको निधनमा पार्टीले गर्यो दुःख ब्यक्त

| असार ३१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३१ असार,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला संगठन रामेछापले पार्टीका सल्लाहकार सन बहादुर थापा मगरको निधन प्रति दुःख ब्यक्त गरेको छ । 

 

बुधबार एक शोक प्रत्र जारी गर्दे जिल्ला संगठन समिति रामेछापले केही दिन अघि रामेछाप नगर कमिटीका सल्लाहकार थापा मगरको निधन भएकोमा दुःख ब्यक्त गरेको हो । 

 

थापा मगरको ५१ वर्षको उमेरमा केही दिन अघि ब्रेन ट्यूमरको अप्रेशन प्रश्चात आ।ई सि। यू कक्षमा हृद्यघात भई ज्यान गएको थियो । 

 

नेपाल कम्युनिष्ट पार्टीले थापा मगरको निधनले पार्टीलाई ठूलो क्षेती पुगेको बताएको छ । त्यस्तै मृतआत्मको चितशान्तिको कामना गर्दै परिवार प्रति साहानुभुति प्रदान गरेको छ । 

शोक पत्र