कुलमान घिसिङ भन्छन् - 'मेरो बारेमा आएका झुटा समाचारको पछि नलाग्नुहोला'

| असार ३१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३१ असार,रामेछाप । नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले हल्लाको पछि नलाग्न सबैलाई सचेत गराएका छन् ।

 

नयाँ सरकार गठन भएसंगै सामाजिक संजालमा घिसिङ्लाई पुःन प्राधिकरणमा तान्नु पर्ने लगाएतका धारणा सार्वजनिक भैरहेका बेला घिसिङ्ले भने त्यस्ता खबरको पछि नलाग्न सबैलाई सचेत गराएका हुन् ।   


जनताको मन जितेका कुलमानलाई तत्काल जिम्मेवारीमा फर्काउनु पर्ने माग चौतर्फी उठिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा गठन भएको सरकारमा हाल चार जना मन्त्री बनेका छन् । 


केही दिनमा नयाँ मन्त्रीहरु गठनको चरणमा रहेका बेला चौतर्फी घिसिङ्लाई पनि समावेश गर्न आवाज उठेको छ । तर घिसिङ्ले भने अहिलेनै त्यस्तो कुनै काम नभएको भन्दै सामाजिक संजाल फेस्बुकमा लेखेका छन् "मेरो बारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आइरहेका छन, यस्ता गलत समाचारहरुमा विश्वास नगरिदिनहुन अनुरोध गर्दछु ।"
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार