प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

| असार ३१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३१ असार, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । 

 

राजदूत बेरीले नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।  

 

भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्रीको रूपमा हुनुभएका देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ बर्ष लामो नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुन: जाहेर गरेको नेपाल स्थित अमेरीकी दूतावासले जानकारी दिए ।