गठबन्धनको बैठक सिंहदरबारमाः माधव नेपाल गएनन्

| असार ३१, २०७८ बिहिबार

फाइल फोटो प्रचण्डको फेस्बुकबाट साभार
A A A
A A A

३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धन बैठक आज सिंहदरबारमा जारी छ ।

 

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल भने अनुपस्थित् छन् । यस अघिका सबै बैठकमा सहभागिता जनाउदै आएका नेपाल पछिल्लो पटकको बैठकमा परिस्थितिलाई बुजिदिनुहोस् अब देखि गठबन्धनको बैठकमा सहभागिता हुन सक्ने अबस्था छैन् भनेका नेपाल आजको बैठकमा नगएका हुन् । 

 

बैठक दिउँसो ४ बजेदेखि जारी छ । 

 

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी छन् ।