आजदेखि लामो दूरीका सवारी साधन चल्ने
फाइल फोटो
१ साउन, रामेछाप । रामेछापबाट आजदेखि लामो दूरीका सवारी साधन चल्न पाउने भएका छन् । यसअघि जिल्ला भरि चल्दै आएका सवारी साधन अब काठमाडौं सहितका सबै ठाउँमा जान पाउने निर्णय गरिएको छ ।
बुधबार जिल्ला प्रशासनमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले यस्तो निर्णय गरेको हो ।
योसंगै अब आजदेखि काठमाडौंसहितका ठाउँमा सवारी जिल्लाबाट जान पाउने छन् ।
लकडाउन पनि हदै सम्मको खुकुलो पारिएको छ । तर लकडाउन भने जारी रहने छ ।
जिल्लामा पछिल्लो पटक थप गरिएको लकडाउन गएराति १२ बजेदेखि सकिएको छ। भने त्यसलाई थप गरि आगामी साउनको ७ गते सम्म थप गरिएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा पनि हिजो बसेको सिडियोहरुको बैठकले अन्य जिल्लाबाट लामो दूरीका सवारी भित्रिन दिने निर्णय गरेको छ ।
