आजदेखि लामो दूरीका सवारी साधन चल्ने

| साउन १, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१ साउन, रामेछाप । रामेछापबाट आजदेखि लामो दूरीका सवारी साधन चल्न पाउने भएका छन् । यसअघि जिल्ला भरि चल्दै  आएका सवारी साधन अब काठमाडौं सहितका सबै ठाउँमा जान पाउने निर्णय गरिएको छ । 

 

बुधबार जिल्ला प्रशासनमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी)  को बैठकले यस्तो निर्णय गरेको हो । 

योसंगै अब आजदेखि काठमाडौंसहितका ठाउँमा सवारी जिल्लाबाट जान पाउने छन् । 

 

लकडाउन पनि हदै सम्मको खुकुलो पारिएको छ । तर लकडाउन भने जारी रहने छ । 

 

जिल्लामा पछिल्लो पटक थप गरिएको लकडाउन गएराति १२ बजेदेखि सकिएको छ। भने त्यसलाई थप गरि आगामी साउनको ७ गते सम्म थप गरिएको छ । 

 

त्यस्तै काठमाडौं उपत्यकामा पनि हिजो बसेको सिडियोहरुको बैठकले अन्य जिल्लाबाट लामो दूरीका सवारी भित्रिन दिने निर्णय गरेको छ । 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार