सुख्खा ग्रस्त मन्थली बजारको माथिल्लो भेगमा खानेपानी पुग्योः डोकोमा पानी बोक्ने समस्या हट्यो

| साउन १, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१ साउन,रामेछाप । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना मन्थली र मन्थली खानेपानी तथा सरसफाई समितिबाट संयुक्त रूपमा संचालित मन्थली खाने पानी सुधार बिस्तार आयोजनाद्वरा निमार्ण सम्पन्न भएको छ । 

 


शुक्रबार आयोजना प्रमुख राजेन्द्र सापकोटा, सशस्त्र प्रहरी नायव उपरीक्ष केसबराज प्याकुरेल, मन्थली खाने पानी उपसमिति तथा सरसफाई समितिका अध्यक्ष पुर्णबहादुर सुबेदीले संयुक्त रुपमा अनुगमन गरि आयोजना पानी घरघरमा वितरण गर्न निर्देशन दिए । मन्थली नगरपालिका वडा नं १ र २ मा अब पानी पुगेको हो । 

 

उनीहरुको संयुक्त टोलीले नालामी टोल तथा दाहाल गाउँमा बिस्तारित पाईपलाईनबाट माग अनुसार घरघरमा धारा जडान गरी नियमित रुपमा पानी संचालन गर्न सोका ब्यवस्थापक जगदिश सुवेदीलाई निर्देशन गरिएको अध्यक्ष सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए ।


अध्यक्ष सुबेदीका अनुसार संघीय खानेपानी आयोजना कार्यालय रामेछापको प्राविधक सहयोगमा सोही ठाउँमा स्थानीयहरुको श्रमदानबाट योजना सम्पन्न गरिएको हो । योजना सकिएसंगै अब सो ठाउँका ५० घरपरिवारलाई तामाकोशी नदीबाट लिफ्को माध्यबाट तानिएको पानी घरघरमा पुग्ने भएको छ ।

 

पानी घर घरमा पुग्ने भएपछि स्थानीयहरु खुसी भएका छन् । सुख्खा ग्रस्त क्षेत्र रहेकाले विगतका वर्षहरुमा स्थानीहरुले खानेपानीको लागि निकै कष्ट भोग्दै आएका थिए । सो ठाउँका मानिसहरु एक दशकदेखि डोकोमा पानी बोकेर पानीको जोहो गर्दै आएका थिए । यो समस्या अब अन्त्य भएको छ । 


समितिले निर्माण सम्पन्न गरेसंगै पानी आउने आश बढेको भन्दै स्थानीहरु खुसीबनेका हुन् । शुक्रबार अध्यक्षसहित स्थलगत् अनुगमन गरि स्थलगत समितिमा सुधिर कुमार शाह, सुजन के।सी। मन्थली कार्यपालिका सदस्य यशोदा श्रेष्ठ, पूर्व सह-कोषाध्यक्ष कृष्ण बहादु बस्नेतले निर्माण निकै राम्रो तरिकाले गरिएको निश्कर्ष निकालेका छन् । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार