मन्थली ठुलिमदौमाः रोकिराखेको ट्याक्टर चलाउँदा एकै परिवारका दुई दाजुभाई गम्भिर घाइते, भाईको अवस्था गम्भिर

| साउन २, २०७८ शनिबार

फाइल फोटो भुवन खत्रीबाट प्राप्त
A A A
A A A

२ साउन,रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रोकिराखेको ट्याक्टर चलाउदा एकै परिवारका दुई दाजुभाई गम्भिर घाइते भएका छन् । 


शुक्रबार मन्थली नगरपालिका ३ ठुलिमदौमा सडकको भित्रमा रोकिराखेको ट्याक्टर बाख्रा चराउनगएका दाजुभाईले चलाएका थिए । चलाउदा ट्याक्टर गुडेर अन्दाजी ५० मिटर पर पुगेर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार कृष्ण बहादुर खत्रीका दुई छोरा ९ वर्षीय रामचन्द्री खत्री र १२ वर्षीय लक्ष्मण खत्री दुर्घटनामा परि घाइते भएका हुन् । रामचन्द्रको अवस्था गम्भिर रहेको छ ।

 

उनीहरुको मन्थलीमा उपचार हुन नसकेपछि धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । रामचन्द्रको अपरेसन गरि अहिले आइसियूमा उपचार भैरहेको छ । उनलाई शरिरको विभिन्न भागमा भित्रि चोट बढी भएको पाइएको छ । 

 


त्यस्तै लक्ष्मण खत्रीको बाहिरी र भित्री दुबै चोट भएपनि रामचन्द्रको भन्दा केही सुधारउन्मुख अवस्थामा धुलिखेल अस्पतालमा उपचार भैरहेको श्रेष्ठले बताए । ठुलिमदौबाट माझबारी जादै गरेको ना ६ त ५५६० खाली ट्याक्टर उनीहरुले चलाएका थिए ।