दुर्लभ रेडपाण्डाको छालासहित रामेछाप र दोलखाका एक-एक किशोर काठमाडौंमा पक्राउ

| साउन २, २०७८ शनिबार

संकेतिक फोटो
A A A
A A A

२ साउन,रामेछाप । दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित रामेछाप र दोलखाका एक एक जना प्रकाउ परेका छन् ।

 

पक्राउ पर्नेमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्दै आएका रामेछापको दोरम्बा गाउँपालिका वडा नं ५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्दै आएका दोलखाको तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।

 

काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई लैजादै गरेको उक्त छाला फेला पारेको महानगरिय प्रहरी महाशाखाले जनाएको छ । 


उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।