दुवै मृगौला फेल भएर हाँस्य कलाकार 'चम्सुरी' अस्पताल भर्ना
फाइल फोटो
३ साउन,काठमाडौं । हाँस्य टेलिसियल 'मेरी बास्सै' कि चर्चित कलाकार पल्पसा डंगोल (चम्सुरी) को दुवै मृगोला फेल भएको छ ।
चम्सुरी नामबाट दर्शकलाइ हँसाएर चर्चामा रहेकी कलाकार अहिले दुबै मृगौला फेल भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको कलाकार एलिजा गौतमले जानकारी दिइन् ।
लामो समयदेखि "मेरी बास्सै" सहित अन्य म्युजिक भिडिओमा अभिनय गरेकी कलाकार चम्सुरी केही दिनअघि देखि बिरामी परेकी तिइन् ।
यसैबीच चर्चित पत्रकार ऋषि धमलाकी पत्नि एवं कलाकार एलिजा गौतमले चम्सुरीको जिवन बाचउ अभियान सुरु गरेकी छिन् । चम्सुरीको जिवन बचाउ अबियान सुरु गरेको गौतमले बताएकी छिन् ।