प्रधानमन्त्रीले विश्वासको मत पाएपछिको चहलपहल (फोटो फिचर)

| साउन ४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

 

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिएका हुन् । 

 

मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिए । सभामुख अग्निप्रसाद सापकोटाले एक जना सांसदले मतदान नगरेको जानकारी दिए । 


विश्वासको मत पाएपछि देउवालाई सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसदकाे बैठकबाट बहुमत प्राप्त गरेकाले बधाई तथा शुभकामना दिँदै सदस्यहरु ।

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार