करेन्ट लागेर मन्थली गाईखुरामा भारतीय नागरिकको ज्यान गयो

| साउन ५, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

५ साउन,रामेछाप । रामेछापको मन्थलीमा करेन्ट लागेर एक जना भारतीय नागरिकको ज्यान गएको छ । 

 


आज (मंगलबार) दिनको अन्दाजी १२ : ०० बजेको समयमा मन्थली नगरपालिका वडा नं ८ गाईखुरामा बस्दै आएका भारतको मोतिहारी विस्रामपुर घर भएका अर्सद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी एवं सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जनाएको दिए । 

 


उनका अनुसार एस।के।मोटर वर्कशपमा काम गर्दै आएका १८ वर्षीय आलम,शेक समिर आलामको वर्कशपमा काम गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको हो । 

 


 प्रहरी टोली घटनास्थलमा पुगि अहिले घटना बारे थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।