विधुतको मिटर सर्ट भई आगोलागी हुदाँ बाम्तिमा एक घर जलेर नष्टः ४ लाख ५० हजार बढीको क्षेती

| साउन ५, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

५ साउन,रामेछाप । विधुत सर्ट भइ आगोलागी हुदा बाम्तीमा एक घर जलेर नष्ट भएको छ । आगोलागीबाट ४ लाख ५० हजारको क्षेती भएको छ । 

 


आज मंगलबार दिउँसो अन्दाजी १२ स् ५० बजेको समयमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारका स्थानीय ३८ वर्षीय डम्बर सिंह वि.क.को ढुङ्गा माटो, काठले बनेको जस्ताको छानो भएको एक तल्ले कच्ची घरमा एक्कासी आगोलागेको हो । 


विधुतको मिटर सर्ट भई घरमा आगोलागी भएको बाम्ती प्रहरीले जनाएको छ । आगो प्रहरी चौकी र स्थानियको सहयोगमा करिव एक घण्टापछि नियन्त्रणमा लिएको छ । 

 


आगोलागीमा परि मानविय क्षती भने भएको छैन् । तर, घर पुर्ण रुपमा क्षती भएको र घर भित्र रहेको अन्नपात लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी मुल्य अन्दाजी ४ लाख ५ हजार बराबरको भएको बाम्ती प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।