गोकुलगंगा गाउँपालिकाबाट अबैध रुपमा काठमाडौं लैजादै गरेको ढुङ्गासहित टिफर सिन्धुली प्रहरीको नियन्त्रणमा

| साउन ६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

६ साउन,रामेछाप । रामेछाप गोकुलगंगा गाउँपालिकाबाट राजश्व छलि गरी लादै गरेको ढुङ्गा सहित टिपर र चालक सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


गत साउन ४ गते सोमबार जिल्ला सिन्धुलीको सुनकोशि गाउँपालिका वडा नं १ प्रहरी चेकपोष्टमा चेकजाँचको क्रममा रामेछापको गोकुलगंगाबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश ३ ०१-००३ क ७२४४ नम्बरको टिपरमा भ्याट बिल नभएको स्लेट ढुङ्गासहित प्रहरीले टिफर नियन्त्रणमा लिएको हो । 

 


नियन्त्रणमा पर्ने चालकको नाम खुलाइएको छैन् ।

 

नियन्त्रणमा लिएको उक्त ढुङगासहितको टिपर, चालक र टिपर धनि समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ ।