बिधुत प्राधिकरण रामेछापले भन्यो- 'बारम्बर बत्ति जाने समस्या यहाँको हैन',कारण यस्तो छ (सूचना)

| साउन ६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

६ साउन,रामेछाप । बारम्बार बत्ति गएर ग्राहक दिक्दार बनेको बेलामा नेपाल विधुत प्राधिकारण रामेछापले बारम्बार बत्ति जाने समस्या भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

 


वर्खायाम सुरु भएयता दिनमा १०-१५ चोटी बत्ति जाँदा प्रयोगकगकर्ता हइरान बनेका छन् । उनीहरुले बत्ति बारम्बार जाने आउनेमा प्राधिकारणको लापर्बाहि भएको बताएउदै आएका छन् । तर, प्राधिकारणले भने यसमा आफ्नो तर्फबाट कुनै समस्या नभएको दाबी गरेको छ । 

 

बुधबार एक सूचना जारी गर्दै जिल्ला शाखा वितरण केन्द्रले ३३ केभी प्रशारण लाईन सिनधुली र किर्नेबाट आएको ६७ किलोमिटर बिधुतमा रुखका हाँगाबिंगाले तार, छुनेगरेकाले बत्ति आउने जाने भएको बताएको छ । यसरी बत्ति जाँदा त्यसलाई संचालनमा ल्याउन १०-१५ मिनेट समय लाग्ने प्राधिकारणको भनाई छ । 

 

यो वितरण केन्द्र अन्तर्गत मन्थली सबस्टेशनबाट ३ वटा ११ के.भि फिडरहरु रहेको जानकारी गराएको छ।  ।


त्यस्तै प्राधिकरणले रामेछाप फिडर १२७ कि.मि, मन्थली फिडर ६२ कि.मि र पकरवास फिडर १३७ कि.मि रहेको जमाएको छ । 

 


सो लाइनहरुमा केही समस्या भएमा पन  लाईन अबरुद्ध हुने बताएको छ । 


कतै-कतै बाढीपहिरोका कारण पोल ढल्ने र चराहरुले समेत लाईनमा अबरोध गर्ने प्राधिकारणको तर्क छ । 

 


प्राधिकारणले निर्माणाधिन सबस्टेशनहरु संचालनमा आएसंगै जिल्लाको सानो क्षेत्रमा मात्रै बत्ति जाने समस्या रहेने छ ।

 

अहिलेको जस्तो एकै पटक बत्ति जाने समस्या चाँडै हट्ने भनेको छ । 


हाल दैनिक बत्ति गएर हैरान भएका ग्राहकलाई जिल्लाको समस्या नभै केन्द्रीय लाइनबाट नै समस्या भएको प्राधिकरणको प्रष्टोक्ति छ । 

सूचना हेर्नुहोस्