फुलासीका पहिरो पीडित १९ घरपरिवारलाई राहात सामाग्री प्रदान (फोटोफिचर)

| साउन ६, २०७८ बुधबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

६ साउन,रामेछाप । जिल्ला विपद् ब्यवस्थापन समितिले पहिरो पीडित् परिवारलाई राहार सामाग्री प्रदान गरेको छ । 


बुधबार जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको नेत्रत्वमा गएको टोलीले पहिरो पीडित परिवारलाई राहात सामाग्री प्रदान गरेको हो । गत सोमबार अबिरल बर्षासंगै आएको पहिरोका कारण मन्थली नगरपालिका वडा नं १३ फुलासी चिण्डे स्थित भुजेल टोलमा पहिरो जाँदा १९ घर जोखिम्मा परेका छन् । सो पहिरोले सोमबार १७ र पछि थप २ गरि जम्मा १९ घरधुरी जोखिममा पारेको छ । 


उक्त स्थानमा मानिसहरुको बसोबास गर्न जोखिमपूर्ण रहेको टोलीले निश्कर्ष पनि निकालेको छ ।

 

आज  प्रमुख जिल्ला अधिकारी सैजू , सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगाना, जिल्ला सुरक्षा समितिका सदस्यहरु, रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थितिमा पहिरोले क्षेती भएको र जोखिम क्षेत्रको अनुगमन समेत गरि तत्काल १९ घरधुरिका परिवारलाई २र२ थान त्रिपाल वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

गत सोमबार गएको पहिरोमा परि चिण्डे भुजेल टोल बस्ने गोपाल घर्तिको गोठमा रहेको १० वटा बाख्रा र १ वटा बंगुर मरेका थिए । त्यस्तै ३ वटा भैंसी र २ वटा गोरु घाइते भएका थिए । 
घर्तिको पहिरोपबाट रु ४ लाख बराबरको क्षेति भएको थियो । उनको घर जोखिममा रहेको छ । 


घर्तिको परिवारलाई अहिले छोरा शंकर घर्तीको घरमा स्तानतरण गरेको छ । 


त्यस्तै सोही ठाउँका परमेश्वर भुजेलको  घर पहिरोले पुरै पुरिंदा घर भित्र रहेको अन्नपात,लत्ता कपडा र भांडाकुंडा गरी अन्दाजी ७ लाख बराबरको क्षेति भएको छ । 
भुजेल दाईको घरमा  सरेरबसेका छन्  ।

 


त्यस्तै सोही पहिरोको कारणले गर्दा सो ठाउँका १७ घरपरिवारका ८० जना  घरबार बिहिन अवस्थामा पुगेका छन् ।